आन्तरिक हवाई उडानमा अत्यधिक चाप

डेंगु नियन्त्रण गर्नका निम्ति १ लाखसम्म बजेट छुट्टयाइएको छ : मेयर साह

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन साहले महानगरभित्र डेंगु संक्रमण नियन्त्रणका लागि वडा तहमा बजेट छुट्ट्याएर काम गरिरहेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल मार्फत लेख्नुहुँदै मेयर साहले वडाको आकार अनुसार ५० हजार देखि १ लाख रुपैयाँ बजेट छुट्ट्याएर काम भइरहेको बताउनु भएको हो ।

वडाको अनुसार ठूला वडाहरूमा रु.१ लाख,  मध्यमका लागि रु.७५ हजार तथा साना वडाहरूमा रु.५० हजारका दरमा बजेट छुट्याइएको मेयर साहले उल्लेख गर्नुभएको छ ।

घरघरमा डेंगुका विरामी बढेको भन्दै जाडो आएर डेङ्गु आफै जान्छ भनेर नपर्खन मेयर साहको आग्रह छ। डेंगुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको तर यो प्रयत्न पनि अपुग भएको बताउनु भएको छ ।

‘पहिलो त उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्नुहोस्। दोस्रो, लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्छ। यसैले कृपया सडकमा हिँड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइ दिनुहोला, ताकि पानी जम्मा नहोस्। पानी जम्मा भएको ठाउँ छ भने घोप्ट्याइ दिनुहोस्।’ उहाँ लेख्नुहुन्छ ‘तेस्रो, डेंगुबाट संक्रमण हुनु भएको छ भने स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्नुहोस् ।’

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : १५ बजे