‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बैंकिङ कसुर मुद्दामा दुगड पक्राउ

काठमाडौं, ६ चैत– महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको छ ।

ताहाँचलस्थित घरबाट उनलाई कालिमाटी वृतले पक्राउ गरी कमलपखरी वृत्तमा बुझाएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए । उनलाई कमलपोखरी वृत्तमा राखिएको छ ।

खातामा रकम नभएको चेक दिएपछि कमलपोखरीमा वृत्तमा उनी विरूद्ध बिष्णुमान श्रेष्ठले जाहेरी दिएका थिए । उनी विरूद्ध गत फागुन २६ मा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ३२ बजे