राजमार्गमा दृष्य एक, पीडा अनेक

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

काठमाडौं ।​​​​​​​ सानिमा इक्विटी फन्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ ।

क्यापिटलको २७ भदौमा बसेको सञ्चालक समितिको बैठकले इक्विटी फन्डका इकाइधनीहरूलाई २२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

यसले आर्थिक वर्ष २०७७/७८ मा भने ३३ प्रतिशत लाभांश वितरण गरेको थियो । यसपटक फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ । यसले लाभांशका लागि बुक क्लोज मिति भने सार्वजनिक गरिसकेको छैन ।
 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : ०१ बजे