आन्तरिक हवाई उडानमा अत्यधिक चाप

जबराले पोलेकालाई  महाअभियोग सिफारिस समितिमा बोलाइने 

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने निर्णय गरेको छ ।

समितिको आज मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो । 
आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुको नाम लिनुभएको थियो । जबराले सत्तासिन दलहरुका नेताले आफुलाई राजिनामा नदिए महाअभियोग नलागउने आश्वासन दिएकोसमेत उल्लेख गर्नुभएको थियो । 
जबराले भ्रष्टाचार मुद्दामा फैसल्ला हुन लागेपछि सत्तासिन दलका नेताहरुले आफुलाई मुद्दा लगाएर उम्किन खोजेको बताउनुभएको थियो । 
 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : ५४ बजे