चुनावको मुखमा ३५ अर्ब ऋण लिँदै देउवा सरकार 

काठमाडौं । गठबन्धन सरकारले निर्वाचनको मुखमा विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)  ऋण लिने  निर्णय गरेको  छ ।

सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।
 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : ४७ बजे