सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतविरुद्ध नेपाललाई २-१ को अग्रता

काठमाडौं । श्रीलंकामा जारी यु- १७ पुरुष साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता बनाएको छ ।

श्रीलंकाको कोलम्बोमा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । तर, खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई २-१ को अग्रता दिलाए ।

त्यसअघि खेलको २५औं मिनेटमा ड्यानी मेइटिइले गरेको गोलबाट भारतले अग्रता बनाएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सरोजले करिव १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट बली गोल गरेका थिए ।

पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भारत दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन् । दुवै टोली जितसहित समूह बी को विजेता बन्ने दौडमा छन् ।
 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ५ : ३४ बजे