यस्तो छ आजको विनिमय दर

१५२ जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ४ : ५६ बजे