बाढीको स्थितिमा सुधार

भारतमा एक दिनमा छ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली – भारतमा एकै दिनमा छ हजारभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएका छन् ।बिहीबार मध्यरातसम्मको विवरणअनुसार छ हजार ९३ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । योसँगै भारतमा चार करोड ४४ लाख ८४ हजार सात सय २९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । 

हाल भारतमा ४९ हजार छ सय ३६ जना सक्रिय सङ्क्रमित छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढेको छ । बुधबार छ हजार सात सय ६८ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या चार करोड ३९ लाख छ हजार नौ सय ७२ पुगेको छ । 

बिहीबार कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा पाँच लाख २८ हजार  एक सय २१ जनाले यो महारोगबाट ज्यान गुमाइसकेका छन् । 

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । त्यसयता दुई अर्ब १४ करोड ५५ लाख भन्दा बढी मात्रा खोप लगाइसकिएको छ । त्यसैगरी ८८ करोड ८० लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ४ : २५ बजे