सुनको मूल्यमा नयाँ कीर्तिमान

साफ च्याम्पियनसिप खेल्ने महिला टोलीलाई मेयर बालेन र उपमेयर डङ्गोलको शुभकामना  

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डङ्गोलले भेट्नुभएको छ ।

मेयर बालेन र उपमेयर डङ्गोलले आज इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग भेटघाट गर्न सोल्टी होटल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिनुभएको हो ।

''भेटेर साफ च्याम्पियनसिपमा राम्रो गर्न शुभकामना दिनुभएको थियो । हौसला प्रदान गर्नुभयो” एक खेलाडीले भन्नुभयो ।

२१ भदौदेखि सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ४–० को जित निकालेको थियो । नेपालले सोमबार श्रीलङ्कासँग खेल्ने तालिका छ ।

समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलङ्का छन् । यता, समूह ‘ए’ मा साबिक तथा प्रतियोगिताको एक मात्र विजेता भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । 

प्रतियोगिताको फाइनल खेल ३ असोजमा हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ३६ बजे