आन्तरिक हवाई उडानमा अत्यधिक चाप

इन्द्रजात्राका कारण आज यी स्थानमा हुनेछ सवारी साधन प्रभावित 

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा इन्द्रजात्रा मनाइँदै छ । 

इन्द्रजात्राको उपलक्ष्यमा आयोजना गरिने जात्राका कारण वसन्तपुर हनुमानढोका दरबार सवारी आवागमनमा रोक तथा डाइभर्सन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

साथै विविध कारणवश महाराजगन्ज–लाजिम्पाट–लैनचौर–दरबारमार्ग–भद्रकाली–न्यूरोड गेट सडक खण्डमा दिउँसो २ बजे साढे ४ बजेसम्म सवारी साधन प्रभावित हुने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । 

आज इन्द्रजात्रा सञ्चालन अवधिभर दिउँसो १ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा ट्राफिक डाइभर्सन गरिने छ । मालवाहक सवारी साधनलाई बिहान ९ बजेदेखि राति १० बजेसम्म रोक लगाइएको छ । 

यस्तै, भोटेवहाल पिपलबोट,लगन सिलखाना,गोफल चोक, इनाखा गणेश मन्दिर, लगन चोक, भोटेवहाल, वण्डे, गुणकामदेव मार्ग, क्वालिटी मार्ग, परोपकार, रामघाट पिपलवोट, छ्वासा पाखा, शान्ति निकुञ्ज चोक, मरु ढुङ्गे धारा, प्याफल चोक, इन्द्र चोक, मखन गल्ली, मखन महादेव, जुद्वशालिक, झोसे चोक, जोर गणेश चोक र यंगाल चोकमा सवारी  साधन प्रवेशमा रोक लगाइने छ । 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : २५ बजे