लमजुङ । देशभर राष्ट्रिय परिचय पत्र बनाउनेको सङ्ख्या बढेसँगै लमजुङमा पनि राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङमा हालसम्म १८ हजार दुई सय ४१ जनाले राष्ट्रिय परिचय पत्रको लागि फारम भरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्लाका आठ वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचय पत्रको लागि प्रशासनबाट नै सेवा दिएको बताउनुभयो ।
उहाँका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या १८ हजार दुई सय ४१ जना रहेको छ । जसमा महिला सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना रहेको प्रजिअ वैद्यले बताउनुभयो ।
वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य माग गरेपछि जिल्लाका वैदेशिक रोजगारीमा जाने तथा डिभी भर्नेहरूको लागि अनिवार्य भएपछि जिल्ला प्रशासनमा परिचयपत्र बनाउन आउने मानिसको संंख्या वृद्धि भएको हो।
प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार ८ : ०६ बजे
प्रतिक्रिया