घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा  बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

 मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजारले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १२ : ५१ बजे