इन्द्र ध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । 

आज बिहान ७ बजेर १७ मिनेटको साइतमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।

भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभ साइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पुर्‍याएको थियो ।

काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ ।  योसिँ अर्थात् लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ ।

​​​​​​​

तस्बिर : रासस 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ३९ बजे