साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रचण्डको हिन्दी मोह र अर्को जनयुद्धको घोषणा 

काठमाडौं –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत २१ मा कपिलवस्तुमा हिन्दीमा भाषण गर्नुभयो । हिन्दीमा बोल्नु त्यति ठूलो मुद्दा थिएन । तर हिन्दुमा बोल्नुको कारण प्रचण्डले जे खुलाउनुभयो, त्यो भने गजवकै थियो ।

खुम्चिएर सानो पार्टीको अध्यक्षमा सिमित हुनुभएका प्रचण्ड जति राजनीतिक अडानमा अस्थिर हुनुहुन्छ, उहाँका अभिव्यक्ति पनि त्यतिकै अस्थिर छन् । भारतलाई आरामदायी हुने सरकार बनाउने सगौरव घोषणा गर्ने प्रचण्डले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशीद्धारा पालित पोषितको गम्भीर आरोप लगाउनुभयो । जवकि प्रचण्डका विदेशीलाई खुशी पार्ने सरकार बनाउन कथित गठवन्धनको षड्यन्त्रमा लागिरहनुभयो ।

जनयुद्धका १० बर्षमा आठ बर्ष भारतीय आतिथ्यता ग्रहण गर्दै भारतका बिभिन्न राज्यमा बसेका प्रमाण उहाँ आफूैले बेलाबेला सार्वजनिक गर्नुभएको छ । भारतीय खुफिया एजेन्सी रअमार्फत् भारत सरकारलाई पत्र लेखेर भारतको हितमा काम गर्ने कसम खाएको प्रमाणका रुपमा पत्रनै सार्वजनिक भएको हो । जो व्यक्ति भारतीय भूमीमा बसेर नेपालमा जनयुद्ध गर्छ, १७ हजारको हत्या गर्छ र भारतलाई हानी हुने केही काम नगर्ने पत्र लेखेर दिल्लीबाट सार्वजनिक हुन्छ, उसले अरुलाई विदेशी पालितपोषित आरोप लगाउँछ ।

प्रचण्डको सोचको तह कस्तो छ भन्ने कपिलबस्तुको हिन्दी भाषामा बोल्नुको कारणबाट पनि थाहा हुन्छ । किन हिन्दीमा बोल्नुभएको अरे भने त्यो कार्यक्रममा भारतबाट पनि सहभागि आएका छन् रे, भारत सरकारलाई पनि सुनाउनुपर्छ रे । हरे, प्रधानमन्त्री भइसकेको, ३५ बर्षसम्म पार्टी प्रमुख भएको एउटा कम्युनिष्ट पार्टीका नेताको सोच यति दरिद्र भएपछि देशले के अपेक्षा गर्नु ? भारतीयलाई सुनाउनुपर्ने, भारतले सुनिदिनु पर्ने, भारतले नसुन्दा प्रचण्डको नेपालको राजनीति अघि नबढ्ने कस्तो सोच हो ? 

प्रचण्डलाई चिन्ता नेपालको छैन, नेपाली जनताको छैन । भक्तराज आचार्यले गाउनुभएको एउटा चर्चित गीत छ – जहाँ छन् बुद्धका आँखा ।’ त्यसमा भनिएको छ –मायाँ नेपालको लाग्छ, नेपाली इतिहासको । मायाँ प्रकृतिको लाग्छ, कला, भाषा र भेषको…. । तर प्रचण्डलाई मायाँ नेपाल र नेपालीको लागेको देखिएन । किनकी उहाँका अधिकांश क्रियाकलाप नेपाल र नेपालीका बिरुद्ध छन् । कपिलबस्तुमा हिन्दीको प्रयोगको कारण जव भारतीयलाई बुझाउनु हुन्छ, तव त्यस्तो नेताबाट देशले के अपेक्षा गर्नु ? प्रचण्डलाई थाहा हुनुपर्छ– उहाँले नेपालीलाई बुझाउनुपर्छ । नेपालीलाई थाहा दिनुपर्छ । भारतीयलाई होइन । भारतीयलाई जानकारी दिएर नेपालको विकास हुँदैन । 

फेरी कुनै भारतीयले प्रचण्डसँग सहयोग खोजेका पनि छैनन् । भारत आफैं पनि नेपालको घरेलु मुद्दामा हस्तक्षेप नगर्ने नीतिमा छ । भनेपछि प्रचण्डको आब्हानलाई कसरी बुझ्ने ? 
अर्को, प्रचण्डले विदेशीको सेवा गर्ने त्यस्तै कामलाई अर्को जनयुद्धका रुपमा बुझ्न पनि हिन्दीमा भन्नुभएछ । हरे, के सोच आको हो ? जनयुद्ध किन, कसका लागि, कसले गर्ने हो । फेरी हिन्दीमा जनयुद्धको उद्घोष किन गर्नुपरेको हो ? 

यस्तो लाग्छ प्रचण्ड ठूलै राप र तापमा हुनुहुन्छ । उहाँ अहिले के उचित र अनुचित ठहर्याउन सक्ने अवस्थामा पनि हुनुहुन्न । नभए नेपालको एउटा जिल्लामा आफ्ना कार्यकर्तालाई संवोधन गर्न जाँदा भारतलाइ सुनाउनुपर्ने भएको भन्दै हिन्दीमा बोल्नु पर्ने थिएन होला । प्रचण्ड, कमरेड नेपाल र नेपालीका पक्षमा राजनीति गर्नुस्, अलिअलि सम्मान पाउनुहोला, नभए गाहे छ । 
  
 
 

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ११ : ३४ बजे