सुनको मूल्यमा नयाँ कीर्तिमान

साफ महिला च्याम्पियनशिपमा नेपालले भुटानलाई ४-० ले हरायो

काठमाडौं – साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल गरे । सावित्राले खेलको १२औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरे । 

पहिलो जितसँगै समूह 'ए' मा रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ । 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ८ : २६ बजे