आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं – नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । 

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् । अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाएको हो ।

एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ८ : २० बजे