काठमाडौं– न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
न्याय परिषदको मंगलबार बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र प्रा. डा. डीएन पराजुलीको नाम सिफारिस गरेको हो ।
सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये नीता गौतम दिक्षीत उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने विनोद शर्मा कामु मुख्य न्यायाधीश हुन् ।
वरिष्ठ अधिवक्ता तथा प्राध्यापक पराजुली नेपाल ल क्याम्पसका प्रमुखसमेत हुन् ।
प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार ६ : १८ बजे
प्रतिक्रिया