आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रपतिबाट भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई शीतल निवासमा आयोजना गरिएको एक कार्यक्रमबीच राष्ट्रपतिले महारथीको दर्जा प्रदान गरी सम्मान गर्नुभएको हो ।

नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुग्नुभएको हो । उहाँ प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै नेपाल भ्रमणमा हुनुहुन्छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ०५ बजे