बढ्यो सुनको मूल्य

काठमाडौँ  । नेपाली बजारमा सुनको मूल्य बढेको छ। 

आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ताेलामा १ सय रुपयाँले बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको छ । यस्तै  आज चाँदीको मूल्य पनि बढेको छ ।

हिजो आइतबार प्रतितोला १ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ११५ रुपैयाँमा कारोबार भएकाे महासंघले जनाएको छ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ११ : ५४ बजे