बाढीको स्थितिमा सुधार

फिलिपिन्सका राष्ट्रपति सिङ्गापुर र इण्डानेसियाको राजकीय भ्रमणमा

मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस इण्डानेसियाको राजकीय भ्रमणमा आज यहाँबाट प्रस्थान गर्नुभएको छ । गत असार १६ गते फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो विदेश यात्रा हो । 

इण्डानेशियाको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरेर उहाँले यही भदौ २१ र २२ गते  सिङ्गापुरको पनि भ्रमण गर्नुहुनेछ । “हाम्रा छिमेकी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० का सदस्य देशहरूको यो मेरो राजकीय भ्रमण हाम्रो गतिशील व्यापार र लगानी सम्बन्धको सम्भावनालाई उपयोगमा प्रयोग हुनेछ,” जकार्ता प्रस्थान गर्नुअघि उहाँले दिनुभएको वक्तव्यमा भनिएको छ । 

सिङ्गापुर र इण्डानेसिया भ्रमणका क्रममा  कोरोनाको महामारीपछिको आर्थिक वृद्धिलाई गतिदिन तथा निर्यातका लागि थप लगानी एवम्  सक्रिय खरिदकर्तालाई आकर्षित गर्न  आयोजित व्यापारिक मञ्च तथा बैठकमा आफू सहभागी हुने उहाँले जानकारी दिनुभयो । 

उहाँले इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग समसामयिक विश्व राजनीति र भविष्यका साथै फिलिपिन्स–इण्डोनेसिया सम्बन्धबारे विचारविमर्श गर्नुहुनेछ । इण्डोनेसिया फिलिपिन्सको सहयोगी एवम् निकटतम साझेदार हो । 

सिङ्गापुर भ्रमणका क्रममा फिलिपिन्सका राष्ट्रपतिले त्यहाँ आफ्ना समकक्षी हलिमाह याकोब र प्रधानमन्त्री ली सिएन लुङसँग बेग्लाबेग्लै भेटवार्ता गनुहुनेछ । दुवै भेटवार्तामा फिलिपिन्स– सिङ्गापुर सम्बन्धलाई अझ गाढा तुल्याउन द्विपक्षीय प्रतिबद्धतालाई नवीकृत गर्ने, आर्थिक सम्बन्धलाई अगाडि बढाउन विकल्प खोज्ने तथा क्षेत्रीय एवम् साझा चासोका विश्वव्यापी विषयमा छलफल गर्ने राष्ट्रपति मार्कोसले बताउनुभएको छ । 
 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ३ : ०० बजे