कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका–७ जुगनियामा शनिवार बेलुकी गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार काठमाडौँ घर भई हाल कृष्ण नगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारु रहेका छन् ।
भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु शनिवार बेलुकी ७ बजे अचानक खसेका थिए ।
मोटरसाइकलबाट खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगन्जस्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो । चालकलाई इलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार १० : १६ बजे
प्रतिक्रिया