आन्तरिक हवाई उडानमा अत्यधिक चाप

महाभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला बयान?

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । 

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको बैठक दुई घण्टा मात्र चलेको थियो । समितिका सदस्यहरूको कार्य व्यस्तताको कारण दुई घण्टा बसेर सकिएको थियो । 

महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले भदौ १९ गते ११ पुनः बयान हुने जानकारी दिनुभयो।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र निलम्बित प्रधानन्यायाधीश जबराले जवाफ दिनुभएको छ। 

प्रश्नहरू लामो भएकाले समय लागको बताइएको छ । तर जबराले प्रश्नको उत्तर दिनेभन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउनुभएको छ । 

 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : २३ बजे