आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पिकअपको ठक्करबाट मन्त्रीका पीएसओसहित दुई प्रहरीको मृत्यु

काठमाडौँ । सुनसरीमा सवारी दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ। शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरीका सहायक हवल्दार प्रकाश गोजेवारको मृत्यु भएको हो । 
चौधरी श्रम मन्त्रालयमा पीएसओको रुपमा कार्यरत हुनुहुनथ्यो  भने गोजवार बीओपीमा कार्यरत हुनुहुनथ्यो। 

उनीहरु के कामका लागि त्यहाँ गएका थिए भन्ने बुझिरहेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनुभयो । 

पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चितर्फ जाँदै गरेको पिकअप भ्यानले कोसी गाउँपालिका १ स्थित सडकखण्डमा ठक्कर दिएको थियो । ठक्करबाट घाइते बन्नुभएका दुबै प्रहरीलाई तत्काल न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा दुबैको मृत्यु भएको प्रहरी निकट स्रोतले बतायो ।  

ठक्कर दिने सवारीका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ५ : ०६ बजे