बाढीको स्थितिमा सुधार

क्यालिफोर्नियामा डढेलो, हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान भनियो

न्युयोर्क । उत्तरी क्यालिफोर्नियामा डढेलो फैलिएपछि त्यस क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान आदेश दिइएको छ ।  

१ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको डढेलोका कारण सो क्षेत्रका हजारौँ मानिसहरूलाई आफ्नो घरहरू खाली गर्न आदेश दिइएको हो । डढेलोबाट धेरै घरहरू जलेर ध्वस्त भएका छन् ।

क्यालिफोर्नियामा यसअघि पनि भीषण डढेलो लागेको थियो । सन् २०१४ मा डढेलोबाट ३ हजार जनसङ्ख्या भएको विड शहरमा १५० भवन जलेर खरानी भएका थिए । 

विश्वव्यापी तापक्रममा वृद्धि, खडेरी आदिका कारण डढेलोका घटनामा वृद्धि भएको वैज्ञानिकहरू बताउँछन् ।  खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको बताइएको छ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ११ : ५० बजे