बाढीको स्थितिमा सुधार

अफगानिस्तानको मस्जिद विस्फोटमा प्रमुख धर्मगुरुसहित १८ जनाको मृत्यु

अफगानिस्तान – अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको राजधानी हेरात शहरमा रहेको मस्जिदमा शुक्रबार भएको विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

"हेरात शहरको गाजर गाह मस्जिद बाहिर आज भएको विस्फोटमा प्रमुख धर्मगुरु मौलवी मुजिब रहमान अन्सारी र उनका भाइ हबिब रहमान अन्सारी सहित १८ व्यक्तिको मृत्यु भएको छ  भने अन्य २३ जना घाइते भएको," प्रान्तीय प्रशासनका प्रवक्ता मौलावी हमिदुल्लाह मतवाकिलले पत्रकारहरूलाई बताएका  छन् ।

विस्फोटको जिम्मेवारी  हालसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।

 रसौलीले  सो आक्रमणमा "शत्रुहरू" को हात रहेको बताए पनि कुनै विशेष समूहको नाम भने उल्लेख गरेका छैनन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : १९ बजे