चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
आज बिहान ८ बजे सडक खण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयले चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो ।
पहिरोका कारण सो सडक खण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो ।रासस
प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार ९ : ०९ बजे
प्रतिक्रिया