काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ ।
राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल बिहीबारबाट छलफल सुरु भएको थियो ।
तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्ने क्रम नसकिएकाले आजका लागि बोलाइएको हो । बैठक भदौ १७ गते शुक्रवार अपराह्न २ः५९ बजे बस्ने गरी बिहीबारका लागि स्थगित भएको थियो ।
प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार ८ : ३९ बजे
प्रतिक्रिया