बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौं – त्रिभुवन विश्विद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले  तेह्र महिनापछि बिहीबार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले तीनवर्षे बिबिएस वार्षिक प्रणाली अनुरुपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो ।

केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयाअनुसार नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ९ : ०९ बजे