रुसी नागरिकलाई युरोपेली सङ्घका राष्ट्रहरूमा प्रवेश गर्न कडाइ

काठमाडौं । युरोपेली सङ्घका परराष्ट्र मामिला मन्त्रीहरू रुससँगको प्रवेश आज्ञा सम्बन्धी सम्झौतालाई निलम्बन गर्ने सहमति गरेका छन् ।

यो सहमतिसँगै  रुसी नागरिकलाई युरोपेली सङ्घका सदस्य राष्ट्रहरूमा प्रवेश गर्न कडाइ गरिने अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसीले उल्लेख गरेको छ । 

युक्रेन लगायतका केही सदस्य राष्ट्रहरूले रुसी नागरिकलाई प्रवेश गर्न पूर्ण रोक लगाउनु पर्ने माग राखे पनि फ्रान्स र जर्मनीले पूर्ण रोक नभई कडाइ मात्र गर्नु पर्ने बताएका थिए । 

रुस युक्रेन युद्ध सुरु भए यता कम्तीमा १० लाख रुसी नागरिकले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूको भ्रमण गरेका बिबिसीले उल्लेख गरेको छ । 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  १२ : ३३ बजे