तोलामा ९०० ले घट्यो सुनको मूल्य

काठमाडौँ  ।  नेपाली बजारमा  सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर प्रति तोलामा ११ सय रुपैयाँ  कारोबार भइरहेको छ । 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  १२ : ३० बजे