निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सुरु

काठमाडौँ । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा पर्नुभएका चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ ।  समितिले बुधवार पनि उहाँसँग बयान लिएको थियो । तर बयान नसकिएपछि उहाँलाई आज पनि बयानका लागि बोलाइएको हो ।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधवार उहाँले ४ वटा प्रश्नको मात्र जवाफ दिनुभएको छ  । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गर्नुभएको थियो ।  उहाँले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ११ : ४५ बजे