बामेखोला घटना : पाँच जनाविरुद्ध किटानी जाहेरी

सुर्खेत – मंगलबार साझ झडपबाट मृत्यु भएका वीरेन्द्रनगर–१० का रोशन जिसीका आफन्तले किटानी जाहेरी दिएका छन् । जिसीका आफन्तले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार पाँच जना विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

जिसीका बुबा ६५ वर्षीया गणेशबहादुर जिसीले वीरेन्द्रनगर–१० पठान टोल बस्ने १८ वर्षीया कुमार परियार, २५ वर्षीया ओमप्रकार सुनार, सनो सुर्खेतका २५ वर्षीया मीनु नेपाली, २३ वर्षीया न्युटन शाही र २८ वर्षीया गणेश नेपाली विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : १० बजे