काठमाडौं । पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
दुई हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जना गरी २७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संत्रपमणका कारण एक जनाको मृत्यु भएको छ भने १७५ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ५ : ०७ बजे
प्रतिक्रिया