तीजमा नाचगान गर्दा चट्याङ लागेर दुई जनाको मृत्यु

देउखुरी । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । 

घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताउनुभयो ।रासस 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ११ : ०५ बजे