महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीशसँग आज बयान लिँदै

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ ।

सिफारिस समितिको बिहान ११ः०० बजे बस्ने बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिन लागेको हो ।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । फागुन १  गते सत्तारुढ दलले महाअभियोग लगाएपछि फागुन २३ गतेको प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो । 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : ११ बजे