रहनुभएन अन्तिम सोभियत नेता गोर्बाचोभ

मस्को । शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । 

सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत सङ्घलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गर्नुभएको थियो।

तर उहाँले सोभियत सङ्घको पतन रोक्न सक्नुभएन, जसका कारण आधुनिक रुसको उदय भयो । उहाँको निधनमा विश्वका नेताहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गर्नुभएको छ । “मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ थिए” महासचिव गुटेर्रेसले भन्नुभएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचेभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ। 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “राष्ट्रपति पुटिनले मिखाइल गोर्बाचेभको मृत्युप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ ।” एजेन्सी

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ४७ बजे