मस्को – रूसी अभियोजकहरूले मङ्गलबार पूर्व रिपोर्टर इभान सफ्रोनोभलाई २४ वर्षको जेल सजायको माग गरेका छन् । उनलाई राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा देशद्रोहको आरोप लगाइएको रूसी समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
“अभियोजकले इभानलाई कडा शासनको दण्डको महलअन्तर्गत २४ वर्षको सजाय माग गरेका छन्,“ सफ्रोनोभका वकिल दिमित्री काचेभले सुनुवाइ पछि“ सो कुरा सार्वजनिक गरेका हुन् ।
रासस÷एएफपी
प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार ९ : २० बजे
प्रतिक्रिया