कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ

काठमाडौं – कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए ।  गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ११ : ०६ बजे