कर्णालीका दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गर्नुभएकाे छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले शपथ ग्रहण गर्नुभएकाे हाे । 

सोमबार उहाँहरूलाई मन्त्रीमा नियुक्त गरिएकोमा सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएकाे हाे । योजनामन्त्री शाह र ऊर्जामन्त्री कामीले शपथ लिएसँगै कार्यभार सम्हाल्नुभएकाे छ । 

माओवादी केन्द्रबाट योजनामन्त्री शाह जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर सदस्यद्वय शाह र कामीलाई सरकारमा पठाइएको हो । यसअघि माओवादी केन्द्रबाट योजनामन्त्रीमा विन्दमान विष्ट र ऊर्जामन्त्रीमा गणेशप्रसाद सिंह हुनुहुन्थ्याे । 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ५ : ४० बजे