घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपाली बजारमा  सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। आइतबार सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यमा समेत गिरावट आएर प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ११ : ४२ बजे