‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ महानगरको टोली पुग्यो न्युरोडस्थित सुरज आर्केड

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको टोली न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको छ । 

आर्केडले पार्किङका लागि अनुमति लिएर त्यस स्थानमा सामान राखिएको छ । ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए । तर, व्यवसायीले आफूहरूले सामान निकाल्ने बताएपछि महानगर टोलीले तत्कालै निकाल्न निर्देशन दिएको छ । अन्यथा आफूहरूले नै खाली गर्ने महानगर टोलीको भनाइ छ । 

एक सातायता महानगरले अवैध संरचना भत्काउन थालेको छ ।  

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ११ : ३१ बजे