लिबिया झडपमा ३२ जनाको मृत्यु

त्रिपोली । लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । झडपमा दर्जनौँ मानिस घाइते भएका छन् । 

सशस्त्र समूहले बिहीबारदेखि लिबियाका अस्पतालमा हमला गरेका छन् । आक्रमणमा दर्जनौँ अस्पतालमा क्षति पुगेको छ । आक्रमणबाट ६ वटा अस्पतालमा क्षति भएको छ । 

सरकारले सशस्त्र फौजले युद्ध अपराध गरेका जनाएको छ । दुई वर्षअघि सशस्त्र सेनाले राजधानीलाई जबरजस्ती कब्जा गर्ने प्रयास गरेको थियो ।

 

 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ८ : २२ बजे