यस्तो छ आजको विनिमय दर

दक्षिण भारतमा फैलयाे ‘टमाटो फ्लू’ : १०० बालबालिका प्रभावित

दक्षिण भारतमा ‘टमाटो फ्लू’ भनेर चिनिने नयाँ भाइरस देखापरेको छ । एउटा दुर्लभ भाइरलका रूपमा देखिएको यो भाइरसको संक्रमण भारतमा बढ्दोक्रममा रहेको छ । अहिलेसम्म यो भाइरसबाट १०० जना बालबालिका प्रभावित भएका छन्। यो भाइरस केरला हुँदै तमिलनाडु र उडिसा राज्यमा फैलिसकेको छ। यसका बारेमा भारत सरकारले  एउटा स्वास्थ्य निर्देशन जारी गर्दै सबैलाई सावधान रहन भनेको छ। यो निर्देशिकामा परीक्षण र बचावका उपायका साथै अभिभावकलाई आफ्ना बालबालिकामा आएका स्वास्थ्य समस्याका बारेमा अलि बढी सचेत रहन भनिएको छ।

दक्षिण भारतमा रिपोर्ट गरिएको यो “नयाँ” भाइरसलाई चिकित्सकहरूले हात, खुट्टा र मुखसम्बद्ध रोग ९ज्ँःम्० को एक प्रकार भएको पुष्टि गरेका छन्। चिकित्सकहरूका अनुसार यो भाइरल संक्रमण प्रारम्भिक अवस्थामा रहेकाले र खतराजनक अवस्था भने नरहेको बताएका छन् ।

यो रोगको संक्रमण हुँदा छाला रातो हुने र हेर्दा टमाटर जस्तै बिमिरा देखिन्छन् ।

ल्यान्सेट रेस्पिरेटरी मेडिसिनमा  प्रकाशित एउटा लेखका अनुसार भारतको केरला राज्यमा ५ वर्षभन्दा कम उमेरका बालबालिकामा टमाटो फ्लू नामक नयाँ भाइरस देखा परेको हो।  गत जुलाई २६ सम्म स्थानीय सरकारी अस्पतालमा ५ वर्ष मुनिका ८२ भन्दा बढी बालबालिकामा सङ्क्रमण देखिएको बताइएको छ ।

यो रोगको प्रमुख लक्षणहरू मध्ये एउटामा टमाटर जस्तै रातो वेल्ट ९डावर० शरीरभरि, विशेष गरी हात, खुट्टा र मुखमा देखिनु हो । यी लक्षणहरूसँगै टमाटो फ्लूका संक्रमित बिरामीमा कोभिड(१९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिन्छन्, जस्तै ज्वरो आउनु, थकाइ लाग्नु र जीउ दुख्नु ।

प्रकाशित प्रतिवेदनले इन्फ्लुएन्जाका अन्य प्रकारहरू जस्तै, टमाटो फ्लू पनि धेरै संक्रामक भएको उल्लेख गरेको छ । केरलाबाट भारतका अन्य भागहरूमा यो भाइरसको संक्रमण फैलिन नदिन भाइरस पुष्टि भएका वा शंकास्पद विरामीहरूलाई सावधानीपूर्वक आइसोलेसन लगायतका अन्य सावधानीका उपायहरू पालना गर्न अनिवार्य रहेको सुझाव पनि प्रतिवेदनले दिएको छ।

प्रतिवेदनका अनुसार अन्य बालबालिका वा वयस्कहरूमा संक्रमण फैलिन नदिन लक्षण देखिएको दिन देखि ५–७ दिनसम्म आइसोलेसन विधि अपनाउनु पर्छ। रोकथामको लागि उत्तम उपाय भनेको घर वरपर लगायत वातावरणको उचित सरसफाइ गर्नुका साथै संक्रमित बच्चालाई अन्य गैर(संक्रमित बच्चाहरूसँग खेलौना, कपडा, खाना वा अन्य वस्तुहरू बाँड्नबाट रोक्नु पर्दछ ।

भाइरल संक्रमणबाट जनस्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न विशेष गरी बालबालिका, वृद्धवृद्धा, इम्युनोकम्प्रोमाइज भएका व्यक्तिहरू र कठिन स्वास्थ्य समस्याहरू भएका व्यक्तिहरूमा औषधीको प्रयोग र खोप सबैभन्दा प्रभावकारी हुनुका साथै खर्चका हिसावले समेत लाभकारी हुने प्रतिबेदनले सुझाव दिएको छ।

अहिलेसम्म, टमाटर फ्लूको उपचार वा रोकथामको लागि कुनै एन्टिभाइरल औषधि वा खोपहरू उपलब्ध छैनन्। प्रतिवेदनले सम्भावित उपचारको आवश्यकतालाई अझ राम्ररी बुझ्न यसबाट हुने गम्भीर परिणामहरू र त्यसको निदानका लागि थप अनुगमन र अनुसन्धान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

श्रोत : स्वतन्त्र समाचार

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ३ : १५ बजे