‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुँदैन : प्रमुख शाह 

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित नहुने आफूमा दृढ मान्यता रहेको बताउनुभएको छ । 

अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख साहले नेपालको संविधान र कानुनले काठमाडौँ महानगरपालिकालाई कानुन बनाउने व्यवस्थापकीय अधिकार, कानुन कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरूपण गर्ने न्यायिक अधिकार सुम्पिएको बताउनुभयो । 

उहाँले अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले दिएको पनि बताउनुभयो ।  

“कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरू विकसित भएका हुन् । तसर्थ, न्यायिक निरूपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौँ महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।”

अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैर कानुनी कार्यको थप निरन्तरता रोक्न अहिले आफू मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारबाहीको चरणमा रहेको उहाँको भनाइ छ । 

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ११ : ४३ बजे