बागलुङ । बागलुङमा विद्यार्थी बेहोस हुन थालेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।
बागलुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।
प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरू चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बरबराउने जस्ता कार्य गरी बेहोस हुन थालेपछि विद्यालय बन्द गर्नु परेको हो ।
प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार १० : ०४ बजे
प्रतिक्रिया