नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिका मतियार देशभित्रै छन् : उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताउनुभएको छ ।  

शनिबार काठमाडौँको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पूनःनिर्मित सत्तलको उद्घाटन गर्दै पोखरेलले नेपालको पहिचान सकिए मुलुकको अस्तित्व नै समाप्त हुने चिन्ता व्यक्त गर्र्नुभयो ।

उहाँले तत्कालको स्वास्थ पूरा गर्न जस्तो सुकै कुकर्म गर्न पनि तयार हुनेहरुप्रति सजक हुनुपर्ने समेत बताउनुभयो। पोखरेलले मुलुकको धर्म, संस्कृति र पहिचान रक्षाका लागि दलीय स्वार्थलाई त्यागेर एकजुट हुनुपर्ने बताउनुभयो ।  

कार्यक्रममा बागमती प्रदेश सांसद नारायण सिलवालले सम्पदाको पुननिर्माण ऐतिहासिक महत्वलाई नमेट्ने गरी गर्नुपर्ने र यसमा समाज पनि सजक हुनुपर्ने धारणा राख्नुभयो ।  

काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरको ऐतिहासिक सम्पदा संरक्षका लागि समूदायसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  २ : ४५ बजे