‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मेरा बा ! 

मेरा बा अनाैठा थिए 
आफ्नाे "क" लेख्ने ढंग  थिएन 
मलाई मास्टर बनाए 
आफूले रक्सी घुड्काएर 
मलाई खान हुन्न भन्थे ! 
आफूले जाल हान्थे 
मलाई माछा टिप्न सिकाए । 
मेरा बा 
रिसाहा थिए 
कहिलेकाहीँ आमालाई थर्काउँथे  
तर हाम्लाई 
ज्ञानी हुनुपर्छ भनी पाठ घाेकाउँथे ! 
घरिघरि कुन सुरमा हाे ! 
बुङ्बुङ्ति धूमपानकाे धूँवा उडाउँथे
चुराेट सल्काउन अह्राए पनि 
बाबू ! 
चुराेट नखा है भनेर रामायण पढाउँथे ! 
मेरा बा ! 
जाती थिए 
माछाकाे टाउकाे खाएर पुच्छर खुवाउँथे 
कराहीमा माछालाई बगाउन तिनाउ खनाउँथे 
भन्थे, साइँला थाेरै सन्तान गराउनू ! 
आफू नाै सन्तानका बा बनेका भूले ? 
मेरा बा ! 
भाैतिक रूपमा मसँग छैनन् 
मास छर्न गएका हुन् ढाई दशकअघि
उनका गतिला फुटा छैनन् ! 
तर पनि
मेरा बाकाे तस्वीर
मनकाे क्यामेराले खिचेर राखेकाे छु ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १ : ५५ बजे