‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मार्क्सवाद

कोही छन् अधिभूतवादतिर क्वै विज्ञानभन्दा पर,
क्वै भन्छन् चिज छैन भौतिक कतै अध्यात्मभन्दा पर,
कोही छन् जडसूत्रवादतिर क्वै  छ्न् भाववादी तर,
हो यो भौतिक वा पदार्थ–गतिको विज्ञान पढ्ने घर ।

यो संसार गति–स्थिति–प्रलय वा संसृष्टिमा द्वन्द्व छ,
छन् सारा गतिशील विश्व दुनियाँ संवृत्तिमा द्वन्द्व छ ।
जे जे छन् विपरीत तत्व तिनको एकत्वमा द्वन्द्व छ ।
छैनन् क्यै निरपेक्ष छन् जति जहाँ सापेक्षमा द्वन्द्व छ ।

यो पृथ्वी अथवा समाज कसरी ल्यायो, यहाँसम्म को ?
सारा सृष्टि भयो विकास कसरी आफै कि कर्ता छ को ?
जे जे छन् इतिहास बुझ्न भर यो विज्ञानमा पर्दछ ।
राखी भौतिकवाद दृष्टि यसले हेर्ने कुरा गर्दछ ।

होस् थाहा अतिरिक्तमूल्य कसरी कुम्ल्याउँछन् शोषक,
होस् थाहा कि त धर्मभित्र कसरी मान्छे भुले नाहक,
यो द्वन्द्वात्मकवाद बढ्छ सबमा फैलाउँदै चेतना,
गर्दै क्रान्ति सुनाउँदै दशदिशा विद्रोहको गर्जना ।

(रचनाकार प्रगतिशील लेखक संघ, रुपन्देहीका अध्यक्ष हुनुहुन्छ ।)
 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : १९ बजे