अभिनेता विपिन कार्कीविरुद्ध उजुरी

काठमाडौं – अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी परेको छ ।

प्रसाद–का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । 

प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो । सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् ।  

कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको भन्दै सुटिङ नगरी हिँडनु परेको जनाउँदै आएका छन् । 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : २८ बजे