अब भारतीय प्रधानमन्त्रीको सुरक्षा यो कुकुरले गर्नेछ

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा अब कुकुरले गर्ने भएको छ । स्वदेशी नस्लको मुधोल हाउन्ड कुकुर मोदीको सुरक्षामा समावेश हुने भएको छ ।

अहिले भारतीय प्रधानमन्त्रीको सुरक्षामा सुरक्षाकर्मीको विशेष युनिट, बम डिस्पाेजल टिम, क्विक रेस्पोन्स टिम लगायत सयौँ सुरक्षाकर्मी र तालिम प्राप्त विदेशी जातका कुकुर परिचालित गरिएको छ । 

बीबीसी हिन्दीका अनुसार अब सुरक्षाकर्मीले भारतको कर्नाटकका स्थानीय मुधोल हाउन्ड जातको कुकुर पनि परिचालन गर्ने भएका हुन् । मोदीलाई सुरक्षा दिने कुकुरको चार महिने कडा तालिम पनि सुरु भएको छ ।

तीव्र आँखा, बहादुरी र इमानदारिताको उत्कृष्ट उदाहरण मुधोल हाउन्ड अग्लो हुन्छन् । यी कुकुरहरुमा राम्रो प्रतिरक्षा प्रणालीका कारण कम थकित र कम बिरामी हुन्छन् भने गन्ध सुग्ने क्षमता कयौँ गुणा धेरै हुन्छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ४ : २९ बजे